छात्रालाई निःशुल्क स्यानिटरी प्याड
रामेछाप : सुनापति गाउँपालिकाले विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न थालेको छ। महिनावारीका वेला छात्रालाई नियमित गराउन विद्यालयले निःशुल्क स्यानिटरी प्याड प्रदान गरेको हो।
विद्यालयमा अध्ययनरत छात्राको लागि सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा निःशुल्क प्याड वितरण गरेको हो। महिनावारी भएको अवस्थामा छात्रा विद्यालय नआउँदा पढाइमा बाधा पुगेकाले नियमित विद्यालय आउने वातावरण बनाउन स्यानेटरी प्याड वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए।
चालू आर्थिक वर्षमा सुनापति गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय हिलेदेविमाका छात्राका लागि मात्र प्याड प्रदान गरिएको बताइएको छ। आगामी आर्थिक वर्षदेखि गाउँपालिकाभित्र रहेको १२ वटा माध्यमिक विद्यालयका छात्रालाई प्याड निःशुल्क वितरण गरिने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलको भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?