सप्तरीमा पहिलाे सर्पदंश उपचार केन्द्र
सप्तरी : खडक नगरपालिका–७ कल्याणपुरमा नेपाली सेनाको प्राविधिक सहयोगमा जिल्लामै पहिलो सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
गत वैशाखदेखि कल्याणपुर खानेपानी आयोजनाको भवनमा सञ्चालित केन्द्रको औपचारिक उद्घाटन मंगलबार प्रदेशसभा सदस्य रुबी कर्ण र सिरहाको चोहर्वास्थित नेपाली सेनाका नं. २७ बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठले गरे।
केन्द्रमा वैशाखदेखि १५ असारसम्म अढाइ महिनाको अवधिमा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको सेनानी प्रतापरघुनन्दन थापाले जानकारी दिए। सेनानी थापाका अनुसार नं. २७ फि.ए. गुल्म चोहर्वामा एक सय ५८, शेरगण बन्दीपुरमा ९१ र रणभिम गण गौरीडाँडा (महोत्तरी) मा ४२ जनाको उपचार गरिएको छ ।
त्यसअघि ०७५ मा चोहर्वामा सात सय १५, बन्दीपुरमा ८०९ र गौरीडाँडामा ७०० जना गरी एक हजार ४२६ जनाको उपचार गरिएको सेनानी थापाले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण