Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ज्येष्ठ नागरिकलाई सित्तैमा औषधि

ज्येष्ठ नागरिकलाई सित्तैमा औषधि

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका ज्येष्ठ नागरिकलाई मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने भएको छ ।

नगरपालिकाको–२ र आलापोट स्वास्थ्य चौकीले मंगलबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गका लागि निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

शिविरमा ७० वर्ष माथिका १७० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी एक महिनाका लागि निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहायक जगत नेपालीले बताए।

ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्न वडा नं. २ कार्यालयले ८५ हजार रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार