मुगुका १० बस्ती मलेरियाको जोखिममा
मुगु : मुगुका १० वटा दुर्गम बस्ती मलेरियाको उच्च जोखिममा परेका छन्।
जिल्लाको पश्चिम खत्याड गाउँपालिकाको रिघा, हयाङलु, ढुमाना, आम, डामलेक, सुकाढिक, रातापानी र बिना उत्तरी सोरु गाउँपालिकाको भिई र धैनकोटका बस्ती मलेरियाको उच्च जोखिममा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाको होचा बेसी क्षेत्रमा तथा कर्णाली नदीको किनारमा रहेका १० वटा बस्तीहरू मलेयियाको उच्च जोखिममा पर्ने गरेको कार्यालयले जनाएको छ।
अघिल्लो वर्षदेखि मुगु जिल्ला नै मलेरियाको उच्च जोखिममा गणना भएको उनको भनाइ छ। गत वर्षदेखि खत्याड गाउँपालिकाका रिघा, सुकाढिक, आम, रातापानी र सोरु गाउँपालिकाको भीइ र धैनकोटमा मलेरिया बिरामी देखा परेका कारण उच्च जोखिममा राखिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?