Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै प्रतिष्ठानविरुद्ध सर्वोच्चमा रिट

विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै प्रतिष्ठानविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। डा. पुष्पमणि खरालले रिट दर्ता गरेका हुन्।

डा. खरालले प्रतिष्ठानविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत विपक्षी बनाई मंगलबार मुद्दा दायर गरेका हुन् । रिटमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलसेमतलाई विपक्षी बनाइएको छ।

केही समयअघि प्रतिष्ठानको शैक्षिक सत्र २०७५\७६ को एमडी, एमएस, एमडीएस लगायतका विषय अध्ययनका लागि प्रकाशित सूचनामा केही विषयमा नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीहरुलाई धेरै सिटको व्यवस्था गरिएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७(५) ले स्नातक तथा स्नात्तकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुन नहुने उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार