Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य प्रवर्धन गर्न धेरै काम बाँकी’

‘नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य प्रवर्धन गर्न धेरै काम बाँकी’

काठमाडौं : सरोकारवालाले नेपालमा अझै पनि सबै महिलामा परिवार नियोजनको पहुँच पुगिनसकेको बताएका छन्।उनीहरूले १५ लाख महिला इच्छा भएर पनि परिवार नियोजनको पहुँचबाट बाहिर रहेको बताएका हुन्।

जनसंख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी)को २५ वर्ष पुगेको अवसरमा मिडिया एक्सन नेपालले यूएनएफपीएसँगको सहकार्यमा मंगलबार गरेको कार्यशाला गोष्ठीमा उनीहरूले प्रजनन स्वास्थ्यको सवाललाई नेपाली मिडियाले थप प्राथमिकतामा राख्नु पर्ने बताए।

कार्यक्रममा यूएनएफपीए नेपालकी प्रमुख लुब्ना बाकीले आईसीपीडी पश्चात् नेपालले प्रजनन स्वास्थ्यमा धेरै प्रगति हासिल गरेको भए पनि धेरै महत्त्वपूर्ण काम गर्न बाँकी रहेको बताइन्।

कार्यक्रममा अधिवक्ता सोनाली रेग्मीले नेपालमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको ग्यारेन्टी कागजमा गरिएको र अब व्यवहारमा पनि गर्नुपर्ने बताइन्। ‘नेपालमा प्रजनन स्वास्थ्यसम्बन्धी थुप्रै समस्या छन्’, उनले भनिन्, ‘धेरै महिला अनावश्यक रूपमा गर्भपतनको पीडा भोग्न बाध्य छन्। मानिसहरू गर्भपतनको अधिकार दुरुपयोग गर्दै छन्।’ लैंगिक विभेद र हानिकारक परम्पराले महिलाहरू जोखिममा रहेको उनको भनाइ छ।

प्राध्यापक रामकृष्ण रेग्मीले प्रजनन स्वास्थ्यको मुद्दा कोठे बैठकमा सीमित रहेको भन्दै मिडियाले यी समस्याहरूलाई थप प्राथमिकतामा राख्नु पर्ने बताए।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले नेपालमा मिडियाको समाचार लेखन शैली गहिराइमा जानुपर्ने बताए। ‘हामीले लैंगिक हिंसा मुद्दाको अवधारणालाई परिवर्तन गर्यौँ। तर हामी अझै पनि समाचारहरूको केन्द्रको रूपमा पीडितहरू राखिरहेका छौँ’, उनले भने, ‘अब मिडियाले पीडकहरूलाई पनि केन्द्रित गर्नु पर्छ।’ यो प्रवृत्तिले मात्रै समाचार कक्षमा परिवर्तन ल्याउने उनको दाबी छ।’

यूएनएफपीएको साझेदारीमा आयोजित कार्यक्रममा पत्रकार, अधिवक्ता, स्वास्थ्य अधिकारकर्मी सहभागी थिए। नेपालमा प्रजनन स्वास्थ्यको स्थिति र प्रजनन स्वास्थ्यको सवाल मिडियामा कसरी सशक्त बनाउन सकिन्छ भन्ने उद्देश्यले सञ्चारकर्मीका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ।

    

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार