श्रीलंकामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित
श्रीलंकामा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।
सरूवा रोग नियन्त्रण इकाइले सोमबार दिएको जानकारी अनुसार यो अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन्।
जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले जानकारी दिएका छन्।
सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ। प्राप्त विवरणअनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका छन् भने दोस्रो धेरै बिरामी गाम्पाहामा भएका छन् । गाम्पाहामा तीन हजार ५२ र तेस्रो धेरै प्रभावित भएको गाल्लेमा दुई हजार ३१ जना बिरामी भएका छन्।
वर्षा जारी रहेकाले अहिले कोलम्बो, गाम्पाहा, गाल्ले, कालुतारा र रत्नपुरा गरी पाँच जिल्लालाई डेङ्गुको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिएको छ।
उच्च ज्वरो, अनियन्त्रित वान्ता, पेट दुखाइ, चक्कर लाग्ने, पिसाबसम्बन्धी समस्यालगायतका लक्षणहरू देखिनासाथ चिकित्सकहरुसँग परामर्श गर्न चिकित्सकहरूले आग्रह गरेका छन्।
‘ज्वरो आएका सबै बिरामीलाई आरामको आवश्यकता पर्छ, उनीहरुले केही दिन आफ्नो कामबाट विदा लिनुपर्छ’, एक विषेशज्ञले भने।
श्रीलंकाले गत वर्ष मात्रै ५० भन्दा बढीको डेङ्गुका कारण मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?