Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘हाम्रो कारणले समायोजनमा ढिलाइ भएको होइन’

‘हाम्रो कारणले समायोजनमा ढिलाइ भएको होइन’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनको ढिलाइका कारण सोचेजस्तो काम गर्न नसकेको प्रतिक्रिया दिएका छन्। समायोजनको काम स्वास्थ्यबाट नभई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कारण ढिलो भएको बताए।

‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ जानकारी दिन मन्त्रालयले सोमबार दिउँसो गरेको कार्यक्रममा उनले आफूहरूले समयमै काम गरेर पठाएको र पटक पटक ताकेता गर्दा पनि सामान्य प्रशासन मन्त्रालयबाट काम नभएको दाबी गरे।

मन्त्री यादवले बजेट अभावमा चाहेजस्तो काम गर्न नसकेको गुनासो गरे। ‘स्वास्थ्य सेवा सुधारका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको न्यूनतम १० प्रतिशत बजेट हुनुपर्ने कुरा ध्यानाकर्षण गराउँदै आएको छु’, उनले भने, ‘तर सम्बोधन भएन।’ जनशक्ति र उपकरण अभाव पूर्ति गर्न अहिलेको बजेटले नपुग्ने उनले बताए।

मन्त्री यादवले हरेक स्थानीय तहमा एक प्राथमिक अस्पताल, प्रदेशमा द्वितीय तहको अस्पताल, हरेक प्रदेशमा कम्तीमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघ मातहतमा रहने गरी अति विशिष्टीकृत अस्पताल स्थापना र सञ्चालन गर्ने नीति अनुरूप चिकित्सक दरबन्दी सिर्जना गर्ने व्यवस्था गरेको पनि बताए।

स्वास्थ्य मन्त्रालयबाट पेश भएको ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सरकारले गत जेठ १० गते स्वीकृत गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार