Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सर्पदंश उपचारको केन्द्र बन्दै भरतपुर अस्पताल

सर्पदंश उपचारको केन्द्र बन्दै भरतपुर अस्पताल

चितवन : आइतबार साँझ भरतपुर अस्पतालको आकस्मिक कक्षमा ११ जना सर्पले डसेका बिरामी उपचारका लागि आएका थिए । हिजोआज दैनिकजसो उक्त सङ्ख्यामा बिरामी अस्पताल आउँछन्।

सर्पदंशको आशङ्काबाट ठूलो सङ्ख्यामा बिरामी आउने भए पनि विषालु सर्पले डसेका बिरामीको सङ्ख्या कम हुने गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल बताए।

पौडेलका अनुसार एक वर्षमा सर्पले डसेको आशङ्कामा अस्पतालमा उपचारका लागि दुई हजार बढी आउने गर्दछन्। उनीहरुलाई २४ घण्टासम्म अस्पतालमा राख्ने गरिन्छ। विषालु सर्पले डसेकामा लक्षण देखा परेपछि उपचार शुरु गरिन्छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाउने गरिन्छ। चालू आर्थिक वर्षमा हालसम्म विषालु सर्पको डसाइका ९३ बिरामीको उपचार गरिएको पौडेलले जानकारी दिए।

उपचारका लागि आएका एक बालकको बाल सघन उपचार कक्षको अभावमा मृत्यु भएको छ। यो मौसममा यस्ता बिरामी धेरै आउने गर्दछन्। पौडेलका अनुसार चालू वर्षको वैशाखयता विषालु सर्पले डसेका २३ जनालाई अस्पतालले उपचार गरिसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार