Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरू

बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरू

बागलुङ : तमानखोला गाउँपालिका–५ खुंखानीस्थित खुंखानी स्वास्थ्य चौकीको सेवा क्षेत्रमा रहेका झण्डै डेढ सय महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्छन्। पुरुषले बन्ध्याकरण गर्न नमानेकै कारण महिलाहरू परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने गरेका हुन्।

स्वास्थ्य चौकीको तथ्याङ्कअनुसार अहिले पनि २२ महिलाले पिल्स, ४१ ले डिपो र ५९ ले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । स्वास्थ्य चौकी प्रमुख दीपक पौडेलका अनुसार कण्डम प्रयोग गर्नेको तथ्याङ्क भने स्वास्थ्य चौकीले राखेको छैन। यसबाहेक निजी स्वास्थ्य क्लिनिक र अन्य स्वास्थ्य संस्थामा पुगेर सेवा लिनेहरू पनि छन्।

खुंखानीका महिलाहरुमा दुई सन्तान मात्रै जन्माउनु पर्छ भन्ने चेतना छ। दुईभन्दा धेरै सन्तान नपाउनका लागि उनीहरु आफैँ अनेक उपाय लगाउँछन् । घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा एक अर्कामा जानकारी गराएर महिलाहरुकै बीचमा परिवार नियोजनका विषयमा जानकारी आदानप्रदान हुने गरेको स्थानीय आशकुमारी सिर्पालीले बताइन्।

सन्तानको रहर पुगे पनि पुरुषहरूले अस्थायी साधन प्रयोग गर्न झण्झट मान्ने गरेका कारण महिलाहरूले नै अस्थायी साधनको प्रयोग गर्ने गरेको स्थानीय नरदेवीले बताइन्। ‘कमाउन विदेश जानुपर्छ, साह्रो काम पर्यो भने कठिन हुन्छ भनेर लोग्नेमान्छेहरु बन्द गर्नै मान्दैनन्’, उनले भनिन्, ‘घर बसे केही होला भन्ने डरले स्वास्थ्य चौकी दगुर्नु परेको छ।’

स्थायी बन्ध्याकरण गर्दा शरीर कमजोर हुने र गह्रौँ काम गर्न नसकिने भ्रमका कारण पुरुषहरुले बन्ध्याकरण गर्न नमान्ने गरेको उनले सुनाइन्। बेलाबेलामा स्वास्थ्य चौकीले आयोजना गर्ने स्थायी बन्ध्याकरण शिविरमा पनि महिलाहरुकै उपस्थिति रहने गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार