डेंगु संक्रमणबाट किशोरको मृत्यु
झापा : डेंगु संक्रमणबाट एक किशोरको मृत्यु भएको छ।
कमल गाउँपालिका ४ स्थित फोनिक्स ईंलिस बोर्डिङ स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणका कारण आइतबार मृत्यु भएको कमल गाउपालिका स्वास्थ्य शाखाले जनाएको छ। यद्यपि डेंगुबाटै मृत्यु भएको पुष्टि हुन बाँकी छ।
इलामको साक्फारा घर भएका रिजेन कमल गाउँपालिकास्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए। विद्यालयका प्रमुख वदी साम्पाङ राईका अनुसार रिजेन गएको बुधबार विद्यालय आएका थिए। कक्षा कोठामै टाउको, हाड जोर्नी दुख्यो भनेपछि उनलाई विद्यालयले घर पुर्याएको थियो।
बिहीबार रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको थियो।
नमस्ते अस्पतालले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियाे उपचारकै क्रममा आइतबार बिहान उनकाे मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी रामचन्द्र मिश्रले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण