Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु संक्रमणबाट किशोरको मृत्यु

डेंगु संक्रमणबाट किशोरको मृत्यु

झापा : डेंगु संक्रमणबाट एक किशोरको मृत्यु भएको छ।

कमल गाउँपालिका ४ स्थित फोनिक्स ईंलिस बोर्डिङ स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणका कारण आइतबार मृत्यु भएको कमल गाउपालिका स्वास्थ्य शाखाले जनाएको छ। यद्यपि डेंगुबाटै मृत्यु भएको पुष्टि हुन बाँकी छ।

इलामको साक्फारा घर भएका रिजेन कमल गाउँपालिकास्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए। विद्यालयका प्रमुख वदी साम्पाङ राईका अनुसार रिजेन गएको बुधबार विद्यालय आएका थिए। कक्षा कोठामै टाउको, हाड जोर्नी दुख्यो भनेपछि उनलाई विद्यालयले घर पुर्याएको थियो।

बिहीबार रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको  थियो।

नमस्ते अस्पतालले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियाे उपचारकै क्रममा आइतबार  बिहान उनकाे मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी रामचन्द्र मिश्रले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार