Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले गर्‍याे कर्मचारीको जिम्मेवारी हेरफेर, काे कहाँ पुगे?

स्वास्थ्य मन्त्रालयले गर्‍याे कर्मचारीको जिम्मेवारी हेरफेर, काे कहाँ पुगे?

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक जिम्मेवारी मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललाई दिइएको छ। हालका निमित्त महानिर्देशक डा. गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पुर्याइएको छ।

औषधि व्यवस्था विभागमा पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिँदै हालका महानिर्देशक नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको छ।

मन्त्रालयका अनुसार परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छालाई कान्ति बाल अस्पतालको निर्देशक बनाइएको छ। यस्तै परिवार कल्याण महाशाखामा डा. भीमसिंह तिंकरीलाई ल्याइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा. सागरराज भण्डारीलाई पठाइएको छ।

यस्तै सार्क क्षयरोग केन्द्रमा डा. रमेश खरेल र राष्ट्रिय तालिम केन्द्रमा मोहम्मदलाई दाउद  आएका छन्। नरदेवी आयुर्वेद अस्पतालको निर्देशकमा डा. प्रदीप केसीलाई  ल्याएकाे मन्त्रालयले जनाएकाे छ।

आयुर्वेद तथा वैकल्पिक विभागको महानिर्देशक डा. वासुदेव उपाध्यायलाई यथावत् राखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा र सहसचिव डा. दीपेन्द्ररमण सिंह पनि यथावत् छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार