Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बारबर्दिया नगरपालिकामा दुई हजार नौ सयलाई सिकलसेल एनिमिया

बारबर्दिया नगरपालिकामा दुई हजार नौ सयलाई सिकलसेल एनिमिया

बर्दिया : बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ ।

२५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जानकारी दिएको हो। परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो तथ्यांक आएकोअञ्जनीकुमार झाले बताए।

डा. झाका अनुसार एक वर्षदेखि ३९ वर्ष उमेर समूहमा लिइएको सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अनुसन्धान गरेको परिषदले एक सातामै रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपालमा थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । रगतको कोषिकामा हुने क्रोमोजोम र जिनमा खराबी आए यो रोग लाग्छ ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुुगत रोग हो। चिकित्सकका अनुसार आमाबाबु दुवैमा यो रोग भए सन्तानमा पनि सर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार