Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य संस्थालाई पानी जाँच्ने उपकरण

स्वास्थ्य संस्थालाई पानी जाँच्ने उपकरण

नेपालगञ्ज : प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षातमा पानीजन्य रोगको महामारी फैलिन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी सुरक्षा निगरानीसम्बन्धी कार्यशाला समापनका अवसरमा सो उपकरण सहभागी स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो।

महाशाखाका धनप्रसाद पौडेलले वर्षातमा खानेपानीको मुहान दूषित भई पानीका माध्यमबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस् भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने पानीको अवस्था जाँच गर्ने उपकरण उपलब्ध गराइएको बताए।

पानीमा क्लोरिनको अवशेष, पानीको पीएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न चार वटा पारामिटर परीक्षण गर्न सकिनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार