अस्पतालमै फार्मेसी खुलेपछि बिरामीलाई सहज
नवलपरासी : पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीलाई सहज भएको छ।
स्थापना भएको करिब ८० वर्षपछि आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीलाई सुविधा भएको हो।
अस्पताल परिसरभित्र बाहिरका मेडिकलभन्दा सहुलियत मूल्यमा फार्मेसी सेवा उपलब्ध गराएका कारण बिरामीलाई राहत मिलेको छ।
रकम कमाउने उदेश्य भन्दा पनि बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले फार्मेसी सेवा समेत उपलब्ध गराएपछि सेवाग्राहीलाई थप सहज भएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकरप्रसाद रायले बताए।
सरकारले नियमअनुसार उपलब्ध गराउने निःशुल्क औषधिहरूको अभिलेख खडा गरी निःशुल्क उपलब्ध गराइएको छ। ५० शय्याको क्षमता रहेको याे अस्पतालमा दिनहुँ करिब १०० देखि १५० जना बिरामी आउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण