Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमै फार्मेसी खुलेपछि बिरामीलाई सहज

अस्पतालमै फार्मेसी खुलेपछि बिरामीलाई सहज

नवलपरासी : पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीलाई सहज भएको छ।

स्थापना भएको करिब ८० वर्षपछि आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीलाई सुविधा भएको हो।

अस्पताल परिसरभित्र बाहिरका मेडिकलभन्दा सहुलियत मूल्यमा फार्मेसी सेवा उपलब्ध गराएका कारण बिरामीलाई राहत मिलेको छ।

रकम कमाउने उदेश्य भन्दा पनि बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले फार्मेसी सेवा समेत उपलब्ध गराएपछि सेवाग्राहीलाई थप सहज भएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकरप्रसाद रायले बताए।

सरकारले नियमअनुसार उपलब्ध गराउने निःशुल्क औषधिहरूको अभिलेख खडा गरी निःशुल्क उपलब्ध गराइएको छ। ५० शय्याको क्षमता रहेको याे अस्पतालमा दिनहुँ करिब १०० देखि १५० जना बिरामी आउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार