डा. केसीले सम्झाए सरकारसँगको सहमति, नभए संघर्षमा उत्रिने चेतावनी
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तह तथा स्नातकोत्तर तहको भर्नामा नेपाली विद्यार्थीभन्दा विदेशी विद्यार्थीलाई धेरै कोटा छुट्याएकोमा विरोध जनाएका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले नेपाली जनताका छोराछोरीलाई भन्दा विदेशीलाई प्राथमिकता दिनु मुर्खतापूर्ण निर्णय भएको टिप्पणी गरेका हुन्।
केसीले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार लगायतका संविधान प्रदत्त अधिकार कुण्ठित हुने गरी ल्याउन लागिएका सबै विधेयक फिर्ता गर्नसमेत माग गरेका छन्।
उनले आफूसँग भएको सम्झौताअनुसार सुधार नगरिए कडा संघर्षका कार्यक्रम ल्याउने बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?