Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निर्धारित समयावधिभन्दा चार महिनाअघि नै बन्याे स्वास्थ्य चौकी भवन

निर्धारित समयावधिभन्दा चार महिनाअघि नै बन्याे स्वास्थ्य चौकी भवन

डडेल्धुरा : जिल्लाको नवदुर्गा गाउँपालिकामा एक स्वास्थ्य चौकीको भवन चार महिनाअघि नै निर्माण सम्पन्न भएको छ।

नवदुर्गा गाउँपालिका१ कोटेलीमा रहेको स्वास्थ्य चौकीको भवन निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ। सम्झौताको मितिभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको निर्माण सम्झौताअनसार केएस चाँदनी र अंशु जेबी कम्पनीसँग भएको थियो।

एक करोड ८२ लाख छ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको कम्पनीका सञ्चालक इञ्जिनियर तेजबहादुर ऐरले जानकारी दिए। २०७६ असोजमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो।

सम्झौताअनुसार नै भवन निर्माणको सबै काम सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण भएको स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र भट्टले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार