सिरिञ्ज आक्रमण गर्ने पक्राउ : भने, ढलान किलोले घोचेको हुँ
काठमाडौं : युवतीहरूलाई तिखो वस्तुले आक्रमणमा गर्ने युवकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महाराजगञ्जबाट बिहीबार राति पक्राउ परेका ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा कार्कीले आफूले युवतीहरूलाई आक्रमण गरेको स्वीकारेका छन्। तर सिरिञ्जले नभई ढलानको किलाले युवतीहरूलाई घोपेको बताएका छन्।
काठमाडौंसँगै भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि युवतीहरुमाथि धारिलो र तिखो वस्तुले आक्रमण भएको थियो। पछिल्लो पटक बनेपामा एक ३४ वर्षीया युवतीमाथि सिरिञ्जबाटै आक्रमण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।
महिलाहरुमाथि श्रृखलाबद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परेका थिए। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको ‘एआरटी’ औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको थियाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण