Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिरिञ्ज आक्रमण गर्ने पक्राउ : भने, ढलान किलोले घोचेको हुँ

सिरिञ्ज आक्रमण गर्ने पक्राउ : भने, ढलान किलोले घोचेको हुँ

काठमाडौं : युवतीहरूलाई तिखो वस्तुले आक्रमणमा गर्ने युवकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। महाराजगञ्जबाट बिहीबार राति पक्राउ परेका ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा कार्कीले आफूले युवतीहरूलाई आक्रमण गरेको स्वीकारेका छन्। तर सिरिञ्जले नभई ढलानको किलाले युवतीहरूलाई घोपेको बताएका छन्।

काठमाडौंसँगै भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि युवतीहरुमाथि धारिलो र तिखो वस्तुले आक्रमण भएको थियो। पछिल्लो पटक बनेपामा एक ३४ वर्षीया युवतीमाथि सिरिञ्जबाटै आक्रमण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

महिलाहरुमाथि श्रृखलाबद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परेका थिए। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको ‘एआरटी’ औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार