Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गाउँपालिकाले दियाे विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री

गाउँपालिकाले दियाे विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री

सल्यान : छत्रेश्वरी गाउँपालिकाले सबै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री वितरण गरेको छ।

गाउँपालिकाभित्रका ४० विद्यालयमा विभिन्न उपचार सामग्री राखेर एक–एक थान उपचार सामग्रीसहितको बाकस र स्टेचर वितरण गरिएको हो। विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त प्राथमिक स्वास्थ्य उपचार गर्न आवश्यक सामग्री तथा औषधिसहितको स्वास्थ्य सामग्री प्रदान गरिएकोे गाउँपालिकाले जनाएको छ।

विद्यालयको समयमा कक्षा कोठा तथा विद्यालय परिसरमै विद्यार्थीहरूलाई स्वास्थ्यमा समस्या देखिँदा अस्पताल लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य उपचारका सामग्री उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य प्रमुख अमर शर्माले बताए।

यस्तै, कार्यालयले विद्यालयहरूलाई सेनेटरी प्याड पनि वितरण गरेको छ। गाउँपालिकाका दुई वटा माध्यमिक विद्यालयमा पाँच\पाँच सयका दरले सेनेटरी प्याड वितरण गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार