Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सप्तरीकाे सप्तकोशीमा पनि डेंगु सङ्क्रमण

सप्तरीकाे सप्तकोशीमा पनि डेंगु सङ्क्रमण

सप्तरी : सप्तकोसी नगरपालिकामा पनि डेंगुको सङ्क्रमण देखिएको छ। वडा नम्बर २ की २६ वर्षीया अनिता राजधामीको रगत परीक्षण गर्दा डेंगुको सङ्क्रमण देखिएको हो।

निरन्तर आएको ज्वरो कम नभएपछि कञ्चनरूपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेंगुको सङ्क्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए।

यसअघि असार ४ मा कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरी र दाजु ३२ वर्षीय देवकान्त चौधरीलाई डेंगु संक्रमण भएको थियो।

डेंगु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ। स्थानीय एफएम रेडियोबाट सचेतनामुलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरेकाे कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए।

यसैबीच डेंगु परीक्षण गर्ने किट सकिएको जानकारी दिँदै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार