सप्तरीकाे सप्तकोशीमा पनि डेंगु सङ्क्रमण
सप्तरी : सप्तकोसी नगरपालिकामा पनि डेंगुको सङ्क्रमण देखिएको छ। वडा नम्बर २ की २६ वर्षीया अनिता राजधामीको रगत परीक्षण गर्दा डेंगुको सङ्क्रमण देखिएको हो।
निरन्तर आएको ज्वरो कम नभएपछि कञ्चनरूपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेंगुको सङ्क्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए।
यसअघि असार ४ मा कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरी र दाजु ३२ वर्षीय देवकान्त चौधरीलाई डेंगु संक्रमण भएको थियो।
डेंगु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ। स्थानीय एफएम रेडियोबाट सचेतनामुलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरेकाे कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए।
यसैबीच डेंगु परीक्षण गर्ने किट सकिएको जानकारी दिँदै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य