निःशुल्क आँखा शिविरमा दुई हजारले लिए सेवा
बैतडी : जिल्लाका विभिन्न स्थानमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
जिल्ला अस्पताल बैतडी, गाँजरी, कुँलाउ, श्रीकोट र पाटनमा सम्पन्न शिविरबाट दुई हजार ३८६ जनाले सेवा लिएका हुन्। जसमध्ये ३०८ जनाको आँखाको शल्यक्रिया गरिएकोे छ।
जिल्ला अस्पताल बैतडीले गरेको भएको दुई दिने शिविरमा ४१५ जनाले सेवा लिएका थिए। ७३ जनाको आँँखाको शल्यक्रिया गरिएको गेटा आँँखा अस्पताल कैलालीका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।
यसअघि गाँजरीमा सम्पन्न आँखा शिविरमा ४५० जनाको आँखाको उपचार गरिएको छ। यस्तै, कुँलाउमा ३६० जना, श्रीकोटमा ७११ जना र पाटनमा सम्पन्न शिविरमा ४५० जनाको आँखाको उपचार गरिएको छ।
शिविरमा नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेशराज पन्तले आँखाको शल्यक्रिया गरेका थिए। गेटा आँखा अस्पताल कैलालीको आयोजनामा सञ्चालन भएको शिविरमा नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयोजन रहेको थियो।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?