Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क आँखा शिविरमा दुई हजारले लिए सेवा

निःशुल्क आँखा शिविरमा दुई हजारले लिए सेवा

बैतडी : जिल्लाका विभिन्न स्थानमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

जिल्ला अस्पताल बैतडी, गाँजरी, कुँलाउ, श्रीकोट र पाटनमा सम्पन्न शिविरबाट दुई हजार ३८६ जनाले सेवा लिएका हुन्। जसमध्ये ३०८ जनाको आँखाको शल्यक्रिया गरिएकोे छ।

जिल्ला अस्पताल बैतडीले गरेको भएको दुई दिने शिविरमा ४१५ जनाले सेवा लिएका थिए। ७३ जनाको आँँखाको शल्यक्रिया गरिएको गेटा आँँखा अस्पताल कैलालीका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।

यसअघि गाँजरीमा सम्पन्न आँखा शिविरमा ४५० जनाको आँखाको उपचार गरिएको छ। यस्तै, कुँलाउमा ३६० जना, श्रीकोटमा ७११ जना र पाटनमा सम्पन्न शिविरमा  ४५० जनाको आँखाको उपचार गरिएको छ।

शिविरमा नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेशराज पन्तले आँखाको शल्यक्रिया गरेका थिए। गेटा आँखा अस्पताल कैलालीको आयोजनामा सञ्चालन भएको शिविरमा नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयोजन रहेको थियो।

थप समाचार