Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खानेपानी समस्याले स्वास्थ्य संस्थाकाे सेवा प्रभावित

खानेपानी समस्याले स्वास्थ्य संस्थाकाे सेवा प्रभावित

डडेल्धुरा : जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिंग स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित भएको छ। आपूर्ति हुँदै आएको खानेपानीको मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो।

स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ। बर्थिङ सेन्टरसमेत रहेको यो स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ। खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको राई स्वास्थ्य संस्थाले जनाएको छ।

स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरीको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताए।

सदरमुकामसँगै जोडिएको उक्त वडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या रहेको छ। स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भएपनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार