खानेपानी समस्याले स्वास्थ्य संस्थाकाे सेवा प्रभावित
डडेल्धुरा : जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिंग स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित भएको छ। आपूर्ति हुँदै आएको खानेपानीको मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो।
स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ। बर्थिङ सेन्टरसमेत रहेको यो स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ। खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको राई स्वास्थ्य संस्थाले जनाएको छ।
स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरीको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताए।
सदरमुकामसँगै जोडिएको उक्त वडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या रहेको छ। स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भएपनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण