Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था

गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था

धादिङ : गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन्।

१० वडा रहेको बेनिघाट रोराङमा ११ वटा स्वास्थ्य संस्था सञ्चालित छन्। साविक गाविसस्तरीय स्वास्थ्य चौकीलाई समेत एक वडा एक स्वास्थ्य संस्थाका रूपमा राखी बाँकी सबै ५ वटा वडामा यस आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै स्रोत–साधनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी बताए।

गजुरी गाउँपालिकाको आन्तरिक स्रोतमा २० लाख बजेट छुट्ट्याएर वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ। साविकको गजुरी, किरान्चोक र पिडा गाविस मिलाएर गजुरी गाउँपालिकाको आठ वडा बनाइएको थियो।

साविकका गाविसमा एक–एक वटा स्वास्थ्यचौकी रहेको र बाँकी ५ वटा वडामा गाउँपालिकाको २० लाख बजेट छुट्याएर करारमा स्वास्थ्यकर्मी नियुक्त गरी स्वास्थ्य संस्था सञ्चालन गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए।

बेनिघाट रोराङ गाउँपालिकाले पनि आफ्नो १० वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ। पहिले चार वटा नै स्वास्थ्य चौकी रहेको जनप्रतिनिधि आएपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्था थप गरिएको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार