Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुई छोरी जन्माएपछि परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान

दुई छोरी जन्माएपछि परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान

काभ्रे : जिल्लाको एक स्थानीय तहले दुई छोरी जन्माएपछि स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ। काभ्रेको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति प्रस्तुत गरेको हो।

‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उद्देश्यका साथ यस्तो नीति ल्याइएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताए।

नीतिअनुसार दुई छोरीका आमाबाबु सम्मान गर्न पहिलो छोरी भएको अभिलेखसमेत राखिनेछ। नगरप्रमुख शर्माकाअनुसार सम्मान तथा सुविधाका लागि दुई छोरी मात्रै भएको र श्रीमान् श्रीमतीमध्ये एकले स्थायी परिवार नियोजन गरिएको प्रमाणपत्र नगरमा पेश गर्नुपर्नेछ।

दम्पती सम्मान कार्यविधि तयार गर्दा नगरले दुई छोरीको शिक्षामा थप सुधारका लागि प्रोत्साहित गर्न सहयोग गर्ने र सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा छोरीको आमाको बीमा रकम नगरले व्योहोर्ने जनाइने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार