दुई छोरी जन्माएपछि परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान
काभ्रे : जिल्लाको एक स्थानीय तहले दुई छोरी जन्माएपछि स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ। काभ्रेको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति प्रस्तुत गरेको हो।
‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उद्देश्यका साथ यस्तो नीति ल्याइएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताए।
नीतिअनुसार दुई छोरीका आमाबाबु सम्मान गर्न पहिलो छोरी भएको अभिलेखसमेत राखिनेछ। नगरप्रमुख शर्माकाअनुसार सम्मान तथा सुविधाका लागि दुई छोरी मात्रै भएको र श्रीमान् श्रीमतीमध्ये एकले स्थायी परिवार नियोजन गरिएको प्रमाणपत्र नगरमा पेश गर्नुपर्नेछ।
दम्पती सम्मान कार्यविधि तयार गर्दा नगरले दुई छोरीको शिक्षामा थप सुधारका लागि प्रोत्साहित गर्न सहयोग गर्ने र सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा छोरीको आमाको बीमा रकम नगरले व्योहोर्ने जनाइने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?