विद्यालयमा निःशुल्क सेनिटरी प्याड
ओखलढुंगा : सुनकोशी गाउँपालिका–५ मुलखर्कस्थित चौतारा माध्यमिक विद्यालयले छात्राहरू महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड दिन थालेको छ।
महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि त्यसलाई रोक्न विद्यालयमै सेनेटरी प्याड वितरणको व्यवस्था गरिएको हो। सुनकोशी–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ।
छात्राहरू महिनामा करिब पाँच दिनजति विद्यालय नआउने र उनीहरूको नियमित पढाइमा बाधा पुगेका कारण त्यस्तो व्यवस्था गरिएको वडाध्यक्ष गोविन्दराम तामाङले बताए।
सेनेटरी प्याड प्रयोग गर्दा छात्राको स्वास्थ्य अवस्था सुरक्षित हुने र अध्ययनमा बाधा नपर्ने उनको भनाइ छ। उनले विद्यालयमा सेनिटरी प्याड अभाव हुन नदिने प्रतिबद्धता जनाए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण