Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विद्यालयमा निःशुल्क सेनिटरी प्याड

विद्यालयमा निःशुल्क सेनिटरी प्याड

ओखलढुंगा : सुनकोशी गाउँपालिका–५ मुलखर्कस्थित चौतारा माध्यमिक विद्यालयले छात्राहरू महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड दिन थालेको छ।

महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि त्यसलाई रोक्न विद्यालयमै सेनेटरी प्याड वितरणको व्यवस्था गरिएको हो। सुनकोशी–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ।

छात्राहरू महिनामा करिब पाँच दिनजति विद्यालय नआउने र उनीहरूको नियमित पढाइमा बाधा पुगेका कारण त्यस्तो व्यवस्था गरिएको वडाध्यक्ष गोविन्दराम तामाङले बताए।

सेनेटरी प्याड प्रयोग गर्दा छात्राको स्वास्थ्य अवस्था सुरक्षित हुने र अध्ययनमा बाधा नपर्ने उनको भनाइ छ। उनले विद्यालयमा सेनिटरी प्याड अभाव हुन नदिने प्रतिबद्धता जनाए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार