ओम अस्पतालमा क्रिटिकल केयर नर्स ट्रेनिङ
काठमाडौं : ओम अस्पतालमा सघन उपचारमा काम गर्ने नर्सहरूका लागि क्रिटिकल केयर नर्स ट्रेनिङ शुरु भएको छ।
नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा सञ्चालित तालिममा विभिन्न चरणका छनोट परीक्षा पास भएर आएका आएका २१ जना नर्सहरूको सहभागिता रहेको अस्पतालले जनाएको छ।
तालिमकर्ताहरूले तीन महिनाको प्रशिक्षणपछि सघन उपचार नर्सिङ प्रशिक्षकको प्रमाणपत्र प्राप्त गर्ने छन्।
दुई वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलीले पहिलो ब्याचमा १० जनालाई नर्स एजुकेटर तालिम दिएपछि नेपालमा यो तालिम शुरु मानिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण