Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ओम अस्पतालमा क्रिटिकल केयर नर्स ट्रेनिङ

ओम अस्पतालमा क्रिटिकल केयर नर्स ट्रेनिङ

काठमाडौं : ओम अस्पतालमा सघन उपचारमा काम गर्ने नर्सहरूका लागि क्रिटिकल केयर नर्स ट्रेनिङ शुरु भएको छ।

नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसँगको सहकार्यमा सञ्चालित तालिममा विभिन्न चरणका छनोट परीक्षा पास भएर आएका आएका २१ जना नर्सहरूको सहभागिता रहेको अस्पतालले जनाएको छ।

तालिमकर्ताहरूले तीन महिनाको प्रशिक्षणपछि सघन उपचार नर्सिङ प्रशिक्षकको प्रमाणपत्र प्राप्त गर्ने छन्।

दुई वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलीले पहिलो ब्याचमा १० जनालाई नर्स एजुकेटर तालिम दिएपछि नेपालमा यो तालिम शुरु मानिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार