Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विद्युत् नहुँदा दमक अस्पतालकाे सेवा एक हप्तादेखि प्रभावित

विद्युत् नहुँदा दमक अस्पतालकाे सेवा एक हप्तादेखि प्रभावित

झापा : दमक अस्पतालमा विद्युत् पर्याप्त नआउँदा एक सातादेखि सेवा प्रभावित भएको छ। विद्युतमा भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको हो।

भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मनिषकुमार शर्माले जानकारी दिए।

विद्युत् सहज बनाउन स्थानीय सरकार र विद्युत् प्राधिकरणमा गुनासो राखे पनि हालसम्म सुनुवाइ नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको उनको भनाइ छ। उनका अनुसार ल्याब, एक्सरे, इसिजीसहित नियमित खोपका सेवासमेतमा सिफारिस गरी पठाउनुपर्ने अवस्था आएको छ।

दमक–१ स्थित जिल्लास्तरीय सो सरकारी अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्। अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत् आपूर्तिमा समस्या भएपछि जाँच मात्र गर्ने र ल्याबका लागि अन्यत्र पठाउनुपर्ने अवस्था छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार