विद्युत् नहुँदा दमक अस्पतालकाे सेवा एक हप्तादेखि प्रभावित
झापा : दमक अस्पतालमा विद्युत् पर्याप्त नआउँदा एक सातादेखि सेवा प्रभावित भएको छ। विद्युतमा भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको हो।
भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मनिषकुमार शर्माले जानकारी दिए।
विद्युत् सहज बनाउन स्थानीय सरकार र विद्युत् प्राधिकरणमा गुनासो राखे पनि हालसम्म सुनुवाइ नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको उनको भनाइ छ। उनका अनुसार ल्याब, एक्सरे, इसिजीसहित नियमित खोपका सेवासमेतमा सिफारिस गरी पठाउनुपर्ने अवस्था आएको छ।
दमक–१ स्थित जिल्लास्तरीय सो सरकारी अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्। अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत् आपूर्तिमा समस्या भएपछि जाँच मात्र गर्ने र ल्याबका लागि अन्यत्र पठाउनुपर्ने अवस्था छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य