Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा तीन दिनदेखि पानी अभाव

अस्पतालमा तीन दिनदेखि पानी अभाव

हुम्ला : जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानी अभाव भएको छ। जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ।

पानीको अभाव हुँदा शल्यक्रियालगायतमा समस्या भएको अस्पतालले जनाएको छ। खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डाक्टर नवीन रोकायाले जानकारी दिए।

उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले १५ मिनेटको बाटो भएर तल्लो बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था छ।

अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएपछि खानेपानी उपभोक्ता समितिले मर्मत जारी राखे पनि मर्मत हुन नसकेको डा. रोकायालेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार