रसुवामा भेटियाे बर्डफ्लु, नाैकुण्ड गाउँपालिकाकाे भाेर्ले संकटग्रस्त क्षेत्र
रसुवा : जिल्लामा बर्डफ्लु भेटिएपछि उच्च सतर्कता अपनाइएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेमा कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु भेटिएको हो।
स्थानीय रामकुमार थिङ र बुद्धिबहादुर थिङले पालेको कुखुरा फर्मबाट रोगी कुखुराको नमुना परीक्षण केन्द्रीय पशुपन्छी प्रयोगशालामा गर्दा कुखुरामा एच ५ एन १ भेटिएको भोर्ले पशुसेवा कार्यालयले जनाएको छ।
नमुना जाँच गरिएको पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्न डा. तुलसीराम गम्पेको नेतृत्वमा ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी र अन्य आवश्यक जनशक्ति व्यवस्थापन गर्ने जिम्मा कन्ट्रोल रूम इन्चार्ज डा. जगतबहादुर सिंखडालाई तोकिएको छ।
बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा ६ को १ र २ अनुसार पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने बताइएको छ। यसैगरी बर्डफ्लु भेटिएको क्षेत्रलाई प्रशासनले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। संकटग्रस्त क्षेत्र घोषणा गरिएको चार किल्लाभित्रका कुखुराको खोर तथा नष्ट गरिएका स्थानमा रोग फैलिन नदिन निसंक्रमणको व्यवस्था गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?