Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्मीले बालबालिका प्रभावित भएपछि त्रियुगाका विद्यालय तीन दिन बन्द

गर्मीले बालबालिका प्रभावित भएपछि त्रियुगाका विद्यालय तीन दिन बन्द

उदयपुर : गर्मीका कारण बालबालिका प्रभावित भएपछि त्रियुगा नगरपालिकाले विद्यालयको पठनपाठन तीन दिन बन्द गरेको छ। नगर कार्यपालिकाकाले बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिन बिदा गरेको हो।

असारको पछिल्लो सातादेखि उदयपुरको तामक्रम ४३ डिग्रीदेखि ४७ सम्म पुगेपछि विद्यालयहरूमा गर्मी बिदा दिइएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले बताए।

पछिल्लो एक साता तापक्रम बढेसँगै बालबालिका विद्यालयमै बेहोश हुन थालेपछि बिदा दिने निर्णय गरिएको नगरप्रमुख बलदेव चौधरीले बताए।

नगरपालिकाको शिक्षा इकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको थियो।

भित्री मधेसमा पर्ने कटारी, त्रियुगा, बेल्टार, रामपुर क्षेत्रमा सर्वसाधरण गर्मीका कारण प्रभावित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन