Health TV Online
Health TV Online
Health TV Online

हडतालमा उत्रिए महोत्तरीे जिल्ला अस्पतालका चिकित्सक

हडतालमा उत्रिए महोत्तरीे जिल्ला अस्पतालका चिकित्सक

महोत्तरी : जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै हडतालमा उत्रेका छन्।

आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन र स्थानीय युवाले बन्द गराएका थिए।  पीडित, प्रशासन र चिकित्सकहरूबीच सहमतिपश्चात् सोमबार अस्पताल सञ्चालनमा ल्याइए पनि मंगलबार पुनः अस्पताल बन्द गराउँदै चिकित्सक हडतालमा उत्रेका हुन्।

अस्पतालका प्रमुख डा. राजीव झाले चिकित्सकहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासनले सुरक्षाको व्यवस्था नमिलाउञ्जेल आकस्मिकबाहेक सबै सेवा ठप्प राख्ने निर्णयसहित आन्दोलनमा उत्रेका बताए।

उक्त अस्पतालका प्रमुख झासहित छ चिकित्सकले चलाउँदै आएका ओपिडी सेवा, ल्याब, एक्सरे, औषधि वितरणलगायत सबै सेवा बन्द भएकाले सेवाग्राही मारमा परेका छन्।

आन्दोलनरत् चिकित्सकहरु थप सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेकामा प्रशासनले थप सुरक्षाको प्रत्याभूति दिलाए पनि थप सुरक्षाको व्यवस्था नभएसम्म चिकित्सकहरू काममा नफर्किने र आकस्मिकबाहेक सबै सेवा बन्द रहने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न

नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न