Health TV Online
Health TV Online
Health TV Online

‘अब विदेशमा उपचार गराउन जाने कसैले पनि पैसा पाउने छैनन्’

‘अब विदेशमा उपचार गराउन जाने कसैले पनि  पैसा पाउने छैनन्’

काठमाडौं : स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने कसैलाई पनि सरकारले रकम नदिने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम रहेकोमा चिन्ता व्यक्त गरे।

‘पैसा भएर विदेशमा उपचार गर्न जानेलाई त रोक्न सकिँदैन’, उनले भने, ‘तर विदेशमा उपचार गराउनेलाई जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागु भइसकेको छ।’

मन्त्री यादवले देशका ठूलै मान्छेदेखि सर्वसाधरणको हकमा पनि यो कुरा लागु हुने उनकाे भनाइ छ। ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्। उनले भने, ‘त्यसबारे कानुन नै बनिसकेको छ। सरकार यो व्यवस्था लागु गराउन कटिबद्ध छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार