Health TV Online
Health TV Online
Health TV Online

सेताे दुबी भएकाहरू भन्छन्, याे राेग नभए पनि अरूभन्दा फरक देखिने भएकाले हिनताबाेध हुन्छ

याे कुनै राेग नै हाेइन : चिकित्सक

सेताे दुबी भएकाहरू भन्छन्, याे राेग नभए पनि अरूभन्दा फरक देखिने भएकाले हिनताबाेध हुन्छ

काठमाडौं : सेतो दुबी सचेतना दिवसका अवसरमा बानेश्वरस्थित क्युटिस केयरले जनचेतनामूलक अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा वरिष्ठ छालारोग विशेषज्ञ डा धर्मेन्द्र कर्णले सेतो दुबी रोग नै नभएको तर्क गरे। ‘सेतो दुबी आफ्नै प्रतिरोधात्मक शक्ति बढी भएका कारणले आउने समस्या हो। यसले शरीरलाई हानि गर्दैन’, उनले भने, ‘यसको उपचार जरुरी छैन।’ उनका अनुसार जब छालालाई रङ प्रदान गर्ने मेलानोसाइट भन्ने कोष कम हुन्छ तब सेतो दुबी देखापर्छ । यो कोषले जति रङ फाल्यो मानिस त्यति कालो हुन्छ। त्यो रङ कम भयो भने गोरो हुने हो।

उनले सेतो दुबीबारे समाजमा भ्रम रहेको भन्दै यसलाई सबैले बुझ्न जरुरी भएको बताए।‘यो कुनै रोग होइन। तर उपचार गरेर पहिलेकै अवस्थामा आउँछु भन्नेका लागि उपचार पनि सम्भव छ’, उनले भने। यसको उपचार नेपालमै सम्भव भएको समेत उनले जानकारी दिए।

कार्यक्रममा सेतो दुबी भएका व्यक्तिहरूले आफ्ना अनुभव साटेका थिए। २० वर्ष अघि सेतो दुबी भएका कलाकार पुरन जोशीले दुबीको उपचारका लागि आफू धेरै ठाउँ भौँतारिएको भन्दै यसले मानसिक पीडा दिने बताए।

उनले तीन वर्षदेखि लगातार औषधि गरेर अहिले पूर्ण रूपमा निको भएको अनुभव सुनाए। यसैगरी यो समस्या भोगेका राजेन्द्र बस्नेतले दुबीले शारीरिक पीडा दिने नभए पनि समाजमा घुलमिल हुन अप्ठेरो पर्ने बताए। रोग नभए पनि अरु भन्दा भिन्न देखिने हुनाले पनि हिनताबोध हुने उनको भनाइ छ। उनी पनि हाल उपचारमा छन्।

कार्यक्रममा सहभागीले सेतो दुबी सर्छ भनेर परिवार र समाजले छि छि गर्ने गरेको गुनासो गरेका थिए।  डा. कर्णले पछिल्लो समय सेतो दुबी नेपालमा पनि बढ्दै गएको जानकारी दिए। उनले दैनिक पाँचदेखि १० जना नयाँ बिरामी हेर्ने गरेको बताए।

चिकित्सकहरूका अनुसार नेपालमा सेतो दुबी भएकाहरूको एकिन तथ्यांक त छैन तर दुई प्रतिशत मानिसमा यो समस्या भएको अनुमान गरिएको छ। यसको उपचारका लागि खाने लगाउने औषधि, फोटोथेरापी र शल्यक्रिया समेत उपलब्ध छ। दुबी मानिसको कुन भागमा छ र कति मात्रामा छ त्यस अनुसार उपचार गरिने पनि डा. कर्णले बताए।

जति सानो उमेरमा उपचार गर्यो त्यति छिटो निको हुने पनि उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न

नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न