Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हिमाली गाउँमै बन्छ सेनिटरी प्याड, हट्दै छाउगोठ

हिमाली गाउँमै बन्छ सेनिटरी प्याड, हट्दै छाउगोठ

जुम्ला : हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाही केही वर्षअघिसम्म महिनावारीका वेला कम्तीमा पाँच दिन छाउगोठमै बस्ने गरेकी थिइन्। छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोगेकी उनl विभिन्न संघसंस्थाबाट जनचेतना\क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउगोठमा बस्न छाडेकी छिन्।

आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको सिद्धाले बताइन्। सिद्धाजस्तै यहाँका अधिकांश महिला गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार भएपछि छाउगोठमा बस्न छाडेका छन्।

वाटर एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालिम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन्। हरेक महिना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउघरमा बस्ने महिलाको सङ्ख्या विस्तारै घटेको हो।

गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताइन्। ‘महिनावारी हुने महिलालाई लक्ष्य गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ’, उनले भनिन्, ‘गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुने छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि