हिमाली गाउँमै बन्छ सेनिटरी प्याड, हट्दै छाउगोठ
जुम्ला : हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाही केही वर्षअघिसम्म महिनावारीका वेला कम्तीमा पाँच दिन छाउगोठमै बस्ने गरेकी थिइन्। छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोगेकी उनl विभिन्न संघसंस्थाबाट जनचेतना\क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउगोठमा बस्न छाडेकी छिन्।
आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको सिद्धाले बताइन्। सिद्धाजस्तै यहाँका अधिकांश महिला गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार भएपछि छाउगोठमा बस्न छाडेका छन्।
वाटर एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालिम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन्। हरेक महिना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउघरमा बस्ने महिलाको सङ्ख्या विस्तारै घटेको हो।
गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताइन्। ‘महिनावारी हुने महिलालाई लक्ष्य गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ’, उनले भनिन्, ‘गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुने छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण