बालबालिकामा आँखासम्बन्धी जटिल समस्या बढ्दाे
महोत्तरी : जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ।
नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो ।
केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा रहेका छन्। गत जेठ ४ गते स्थापना भएर सेवा शुरु गरेको केन्द्रले स–साना नानीहरुमा अल्छी आँखा हुने, एउटा आँखा कम देख्ने, आँखा डेढो हुने, आँखामा मासु पलाउने र केहीमा त जन्मँदै मोतियाविन्दुसमेत पाइएको जनाएको छ ।
यसबाहेक आँखा सुकेर दृष्टिविहीन भएको, आँखाको नानीमा खत भएर दृष्टि गुमाएका र सुक्खा आँखाको समस्या बाक्लै भेटिएको केन्द्रका अध्यक्ष डा. नवराज गौतमले जानकारी दिए।
सबैभन्दा बढी आँखा सुक्खा हुने समस्या पाइएको केन्द्रले जनाएको छ । सानो उमेरमा आँखाको हेरचाह नगर्दा र आवश्यक उपचारबारे ध्यान नदिँदा पछि जटिल समस्या आउने डा. गौतमको भनाइ छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण