Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कुष्ठरोगीकाे सम्पर्कमा रहनेलाई पनि औषधि

कुष्ठरोगीकाे सम्पर्कमा रहनेलाई पनि औषधि

बाँके : कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ। देशका विभिन्न जिल्लामा नमुनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यो वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको हो।

कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन फाउन्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइरालाले जानकारी दिए।

डा. कोइरालाका अनुसार, तराईका जिल्लामा कुष्ठरोगको समस्या निरन्तर देखापरेपछि सरकारले नयाँ ढङ्गले सोचेको हो। यसअनुसार, सङ्क्रमितसँग नियमित सम्पर्कमा आउने कम्तीमा ३० जनालाई औषधि खुवाइनेछ। यसमा परिवारका सबै सदस्य, विद्यार्थी भए साथी, शिक्षक र छिमेकी परिवारका सबै सदस्य हुनेछन्।

‘सातामा २० घण्टाभन्दा बढी समय सङ्क्रमितसँग बिताउने जो कसैलाई पनि यो औषधि अनिवार्य गरिएको छ’, बाँकेमा स्वास्थ्य एकाइलाई प्राविधिक सहयोग गरिरहेको टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काले भने, ‘त्यसका लागि संवेदनशील विधि अपनाइएको छ, यो विधि प्रभावकारी हुनेमा हामी पनि विश्वस्त छौँ।’

बिरामीले नियमित औषधि खाएर ठीक भए पनि उसको सम्पर्कमा रहेको अर्को व्यक्तिमा सङ्क्रमणको आशंकाले सरकारले रिफाम्पिसिन नामक औषधि खुवाउने भएको हो। ‘बर्दियामा शुरु भइसकेको छ’, खड्काले भने, ‘बाँकेमा यही सातादेखि यो अभियान शुरु हुँदैछ।’ बाँकेमा ४०० बढी मूल बिरामीको सम्पर्कमा रहने थप ३० जनालाई औषधि खुवाइने छ।

जिल्लास्थित स्वास्थ्यकर्मी र गाउँटोलका महिला स्वास्थ्य स्वयंसेविकामार्फत २०७३ साउनयता उपचारमा रहेका सबै बिरामी तथा उनको सम्पर्कमा रहेका कम्तीमा ३० जनालाई औषधि खुवाउने अभियान शुरु गर्न लागिएको हो। याे हिसाबले बाँकेमा मात्रै १२ हजार बढीलाई यस वर्ष औषधि खुवाइनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन