आज विश्व दुबी दिवस मनाइँदै
काठमाडाैं: आज जुन २५ अर्थात विश्व दुबी दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
दिवसको अवसर पारेर बानेश्वरस्थित क्युटिस केयर क्लिनिकले जनचेतनामूलक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । सेतो दुबी रोग नभएर छालामा आएको भिन्नता मात्र भए पनि धेरैले यसलाई रोगकै रुपमा हेर्ने गर्छन । चिकित्सकका अनुसार यसले शारीरिक रुपमा कुनै हानी गर्दैन । साथै उपचार गरेमा यो पूर्ण रुपमा निको हुन्छ ।
नेपालमा एकिन तथ्यांक नभए पनि दुइ प्रतिशत मानिसमा यो समस्या भएको अनुमान गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?