Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

चिकित्सकद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशीलाई बढी सिट दिएको विषयमा चिकित्सकहरुले आज स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतका संगठनको संयोजनमा चिकित्सकहरुले मन्त्री यादवलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका हुन्।

चिकित्सा शिक्षा ऐन विपरित प्रतिष्ठानले एक तिहाई भन्दा बढी सिट विदेशीलाई दिने गरी सूचना निकालेको भन्दै उनीहरुले  तत्काल यसलाई सच्याउन माग गरेका छन्। ज्ञापनपत्रमा उनीहरुले नेपालमा चिकित्सकको अभाव भए पनि विदेशीलाई प्राथमिकता दिएर बढी कोटा छुट्याएकोमा आपत्ति जनाउँदै तुरुन्त सच्याउन माग गरेका छन्।

प्रतिष्ठानले असार ७ गते पिजीको लागि भर्ना खोलेको सर्जरी, बाल रोग, मेडिसिन ,एनेस्थेसिया, नाक,कान घाँटी जस्ता विषयमा ऐन विपरित नेपाली विद्यार्थी भन्दा बढी सिट विदेशी विद्यार्थाीलाई छुट्याएको छ । नेपाली विद्यार्थीलाई पढ्नबाट बञ्चित गरी विदेशी  विद्यार्थाीलाई सिट दिनु सरासर गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन