चिकित्सा शिक्षा ऐन विपरीत विदेशीलाई कोटा
काठमाडौं: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा ऐन विपरित पोस्ट ग्राजुयट पिजी कार्यक्रमको सीटमा नेपाली विद्यार्थीभन्दा बढी कोटा विदेशी विद्यार्थीलाई छुट्याएको पाइएको छ।
चिकित्सा शिक्षा ऐनले विदेशी विद्यार्थीका लागि एक तिहाइभन्दा बढी सीट दिन नपाइने व्यवस्था गरेको भए पनि बिपी प्रतिष्ठानले यस विपरित गएर विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको हो।
ऐनमा प्रस्ट रुपमा स्नातक र स्नातकोत्तर तहमा तोकिएको सिट मध्ये एक तिहाई भन्दा बढी विदेशी विद्यार्थीलाई दिन नपाइने उल्लेख छ । यही ऐन अनुसार विषयगत रुपमा ३३ प्रतिशत सिट मात्र विदेशी विद्यार्थीलाई दिन पाइन्छ ।
ऐनको विपरित सूचना निकालेको भन्दै सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतका संस्थाले आज स्वास्थ्य मन्त्रालय घेर्ने कार्यक्रम तय गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?