Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा ऐन विपरीत विदेशीलाई कोटा

चिकित्सा शिक्षा ऐन विपरीत विदेशीलाई कोटा

काठमाडौं:  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा ऐन विपरित पोस्ट ग्राजुयट पिजी कार्यक्रमको सीटमा नेपाली विद्यार्थीभन्दा बढी कोटा विदेशी विद्यार्थीलाई छुट्याएको पाइएको छ।

चिकित्सा शिक्षा ऐनले विदेशी विद्यार्थीका लागि एक तिहाइभन्दा बढी सीट दिन नपाइने व्यवस्था गरेको भए पनि बिपी प्रतिष्ठानले यस विपरित गएर विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको हो।

ऐनमा प्रस्ट रुपमा स्नातक र स्नातकोत्तर तहमा तोकिएको सिट मध्ये एक तिहाई भन्दा बढी विदेशी विद्यार्थीलाई दिन नपाइने उल्लेख छ । यही ऐन अनुसार विषयगत रुपमा ३३ प्रतिशत सिट मात्र विदेशी विद्यार्थीलाई दिन पाइन्छ ।

ऐनको विपरित सूचना निकालेको भन्दै सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतका संस्थाले आज स्वास्थ्य मन्त्रालय घेर्ने कार्यक्रम तय गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि