Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि

स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि

प्यूठान : जिल्ला स्वास्थ्य कार्यालय प्युठानले स्थानीय तहका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ।

नौबाहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा भेटिएपछि यस्तो खुलासा भएको हो।

स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकाले समयमै नपठाएर एक महिना स्टोर भएपछि औषधिको म्याद नाघेको साहले बताए। म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाले एकअर्कालाई दोष लगाएका छन्।

स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहले ढुवानीमा ढिलाइ गरेका कारण औषधिको म्याद गुज्रिएको तर्क गरे ।

नौबहिनी गाउँपालिकाले भने स्वास्थ्य कार्यालय नै म्याद गुज्रिन लागेको औषधि पठाएको बताएको छ ।गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द केसीले १५ दिनमै म्याद सकिने औषधि पठाउनु त स्वास्थ्य कार्यालयकै दोष भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन