Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर कारागारमा क्यान्सरपीडित कैदीकाे मृत्यु

भरतपुर कारागारमा क्यान्सरपीडित कैदीकाे मृत्यु

चितवन : जिल्ला कारागार भरतपुरमा गएराति एक कैदीको मृत्यु भएको छ। बाराको कलैया नगरपालिका ५ का ५८ वर्षीय भरतबहादुर थापाको मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।

कार्यालयका लेखापाल कृष्ण काफ्लेका अनुसार थापा क्यान्सरपीडित थिए। क्यान्सर संक्रमण देखिएपछि उनलाई गत जेठ ६ गते वीरगञ्ज कारागारबाट भरतपुर कारागार कार्यालयमा ल्याइएको थियो। थापा २०७४ सालमा जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका थिए।

मृतक थापाको शव पोस्मार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ।

भरतपुर कारागारमा अहिले ९ जना क्यान्सरका बिरामी छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि