भरतपुर कारागारमा क्यान्सरपीडित कैदीकाे मृत्यु
चितवन : जिल्ला कारागार भरतपुरमा गएराति एक कैदीको मृत्यु भएको छ। बाराको कलैया नगरपालिका ५ का ५८ वर्षीय भरतबहादुर थापाको मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।
कार्यालयका लेखापाल कृष्ण काफ्लेका अनुसार थापा क्यान्सरपीडित थिए। क्यान्सर संक्रमण देखिएपछि उनलाई गत जेठ ६ गते वीरगञ्ज कारागारबाट भरतपुर कारागार कार्यालयमा ल्याइएको थियो। थापा २०७४ सालमा जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका थिए।
मृतक थापाको शव पोस्मार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ।
भरतपुर कारागारमा अहिले ९ जना क्यान्सरका बिरामी छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?