क्यान्सरपीडित क्रिकेट खेलाडीलाई सहयोग
डडेल्धुरा : क्यान्सरपीडित क्रिकेट खेलाडीको उपचारका लागि संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ।आलिताल गाउँपालिका–६ का २६ वर्षीय केशव सिंहको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको हो।
शनिबार कार्यक्रम आयोजना गरी एकाई कमिटीले डडेल्धुरा सदरमुकाममा गत आइतबारबाट संकलन गरेकोे ६० हजार ५ सय ६५ रुपैयाँ केशवकी आमा मीरादेवी सिंहलाई हस्तान्तरण गरेको हो।
रकम बुझ्दै आमा मीरादेवीले सहयोगीहरूलाई आभार व्यक्त गरिन्। शनिबार कार्यक्रम आयोजना गरी एकाई कमिटीले डडेल्धुरा सदरमुकाममा गत आइतबारदेखि संकलन गरेकोे ६० हजार पाँच सय ६५ रुपैयाँ केशवकी आमा मीरादेवी सिंहलाई हस्तान्तरण गरेको हो।
सिंह विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरूले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य