Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डोल्पा अस्पतालमा टाइफाइड जाँच गर्ने किट अभाव

डोल्पा अस्पतालमा टाइफाइड जाँच गर्ने किट अभाव

डोल्पा : जिल्लामा दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेको छ। तर सरकारी अस्पतालमा टाइफाइड जाँच गर्न आवश्यक किट छैन।

पाँच दिनदेखि किट अभाव हुँदा डोलपा अस्पतालमा आएका बिरामीको उपचारमा कठिनाइ भएको डा. सिजन रावलले बताए। किट नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गरिरहेको उनले जानकारी दिए।

यातायात र हवाइ यातायातको सहज पहुँच नभएको डोल्पामा औषधी आपूर्ति नहुँदा धेरै बिरामी मर्कामा पर्ने गरेका छन्। केहीले भने निजी औषधी पसलमा उपचार गरेको बताए। अस्पताल प्रशासनले औषधि अभावबारे प्रदेश सरकारलाई जानकारी गराए पनि चासो नदेखाएको बताएको आरोप लगाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार