विहारमा इन्सेफ्लाइटिस महामारी : १६१ ले गुमाए ज्यान
भारतको विहारमा फैलिएको इन्सेफ्लाइटिस रोगका कारण १६१ जनाको मृत्यु भएको छ।
मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दिनहुँ बढेको अधिकारीहरूले जनाएका छन्।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयंसेवकलगायत विशेष सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन्।
विहारका मुख्यमन्त्री नीतिशकुमारले रोग फैलिन नदिन र बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको बताइएको छ।
इन्सेफ्लाइटिसबाट मृत्यु भएकाको परिवारलाई राज्य सरकारले राहतस्वरूप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरिसकेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?