स्वास्थ्यका कर्मचारीले समायोजन पत्र पाउन अझै समय लाग्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्यका कर्मचारीले समायोजन पत्र पाउन अझै केही समय लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कर्मचारीलाई पत्रका लागि नहतारिन र यथास्थानमा काम गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईद्धारा हस्ताक्षरित सूचनामा सामान्य प्रशासनले सूची पठाइसकेको र त्यसकै आधारमा अद्यावधिक गर्ने काम भइरहेको भन्दै अझै केही समय लाग्ने बताएको हाे। हाललाई आफू खटिएकै स्थानमा रही सेवा प्रदान गर्न पनि कर्मचारीलाई आग्रह गरिएको छ ।
मन्त्राललयले जारी गरेको सूचनामा कर्मचारीको समायोजन सूची अनुसार पत्र कार्यालयमा नै पठाउने हुँदा मन्त्रालयमा आइरहन नपर्ने समेत उल्लेख छ । यता सामान्यले सूची स्वास्थ्य मन्त्रालयमा पठाए लगत्तै कर्मचारीहरु आफू कहाँ परे भन्ने जानकारी लिन र पत्र बुझ्न भन्दै मन्त्रालयमा दैनिक रुपमा आउने गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?