Health TV Online
Health TV Online
Health TV Online

हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार

बाजुरा : हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ।

स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुत्केरी हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिए।

विक सुत्केरी हुन एक महिना बाँकी रहे पनि उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्यचौकीका इन्चार्ज राजेन्द्र एमले बताए।

जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको सिंहले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार जिल्लाबाट जटिल समस्या भएको खबर पाएलगत्तै सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको हो।

थप समाचार