Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री यादव भन्छन्, समृद्ध समाजका लागि योग अपरिहार्य

स्वास्थ्यमन्त्री यादव भन्छन्, समृद्ध समाजका लागि योग अपरिहार्य

धनुषा : उपप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृत समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन्।

तनावका कारण शारीरिक वा मानसिकरूपमा अस्वस्थ हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको मन्त्री यादवको भनाइ छ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा शुक्रबार आयोजित योग शिविरमा उनले ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्त सबैका लागि अनुकरणीय रहेको धारणा राखे।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ रहन योगलाई दिनचर्या बनाउनु जरूरी भएको बताए।

पतञ्जलि योगपीठ नेपालका प्रमुख लभदेव देवले शिविरमा सहभागीहरूलाई योगाभ्यास गराएका थिए।

योगाभ्यास कार्यक्रम पतञ्जलि योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास, जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश २ समितिले आयोजना गरेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन