Health TV Online
Health TV Online

चितवन पुगेर उपराष्ट्रपतिले गरे योग

चितवन पुगेर उपराष्ट्रपतिले गरे योग

भरतपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम भएको बताएका छन्।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आयोजित योग शिविर उद्घाटन गर्दै पुनल योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने तर्क गरे।

‘आज विश्वभरका मानिसहरू कुनै न कुनै रोगसँग जुधिरहेका छन्’, उनले भने, ‘योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको छ।’

कार्यक्रममा उपराष्ट्रपति पुन, धर्मपत्नी हस्तमालिनी पुनलगायतले योगाभ्यास गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार