कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए ‘पीजी’ अध्यापन अनुमति
काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले पोस्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि अनुमति पाएका छन्।
नेपाल मेडिकल काउन्सिलको बैठकले ती दुई प्रतिष्ठानलाई पीजीका लागि अनुमति दिने निर्णय गरेको हो।
कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) र पोखराले गाइने अब्सटेटिभ्स, अर्थोपेडिक सर्जरी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट मागेका थिए।
ती दुई प्रतिष्ठानको अनुगमन गरेको विज्ञ टोलीले सिट अनुमति दिन सकिने रायसहितको प्रतिवेदन बुझाएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?