Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राप्ती प्रतिष्ठानमा हडताल नगर्न उच्च अदालतको आदेश

राप्ती प्रतिष्ठानमा हडताल नगर्न उच्च अदालतको आदेश

दाङ : उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा हडताल वा आन्दोलन नगर्न नगराउन आदेश जारी गरेको छ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश शिवनारायण यादवको इजलासले स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै प्रकारका आन्दोलन नगर्न\नगराउन प्रतिष्ठानमा गठित संघर्ष समिति र पदाधिकारीका नाममा  बुधबार आदेश दिएको हो।

अदालततको आदेशमा प्रतिष्ठानका कर्मचारीहरूद्वारा गठिन संघर्ष समितिको नाममा स्वास्थ्य सेवाजस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र अवरुद्ध हुनेगरी हडताल भएकाले नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगरिने भन्ने संविधान र जनस्वास्थ्य ऐन २०७५ को दफा ३ ले प्रत्याभूत गरेको आम नागरिकको अधिकारमा आघात पुगेको ठहर गरिएको छ।

अस्पतालको सेवा प्रभावकारी नभएको, सेवासुविधा नपाएको भन्दै प्रतिष्ठानमा कार्यरत कर्मचारीले पटकपटक आन्दोलन गर्दै आएका थिए। जसका कारण प्रतिष्ठानको स्वास्थ्य सेवा अवरुद्ध भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि